काठमाडौैं ४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धनले सोमबार मात्रै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डाको टुंंगो लगाउने भएको छ ।
आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखको टुंगो सोमबारसम्म लगाइ सक्ने निणर्य गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ ।