काठमाडौं वैशाख ४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक दुई दिन भित्र निणर्य हुन नसक्ने स्थानमा तालमेल नहुने बताएका छन् ।
आइतबार बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले अबको एकरदुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल नहुने स्पष्ट पारेका हुन् ।
स्थानीय तहको मर्मविपरीत भएको बताएका उनले एक्त आयोजित कार्यक्रममा भने , ‘स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’
चुनावी तालेमल गर्ने निणर्य तल्लो तहकालाई दिइएको बताएका उनले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन समेत दिएका छन् ।
‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ थापाले भने ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठवन्धन चुनावी तालमेल मिलाएर जाने भएको छ