पञ्चेश्वरमा भारी वर्षासँगै आएको बाढीले एक दर्जन घरमा क्षति — OSNepal

पञ्चेश्वरमा भारी वर्षासँगै आएको बाढीले एक दर्जन घरमा क्षति

LC (KTM) June 10, 2021 0

पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका एक दर्जन घरमा क्षति पुगेको छ । गए रातिदेखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति पु¥याएको हो ।बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक दर्जन बढी घरमा क्षति पु¥याएको स्थानीयवासी भोजराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोलाको बाढीले यहाँका एक दर्जन बढी घरमा क्षति पुगेको छ, माथि डोजरले खनेको सडकको माटो बगेर बस्ती पसेको हो, अहिले पनि बस्ती जोखिममा रहेको छ ।”

बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै हरिराम लुहारको घर जोखिममा छ भने शङ्कर भण्डारीको शौचालय बगाएको छ । अविरल वर्षाका कारण सडकको माटोसहितको बाढी गाउँ पस्दा स्थानीयवासी गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहारलगायतका १० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले प्रहरी टोली घटनास्थलतर्फ गएको र टोली घटनास्थल पुगेपछि मात्रै क्षति पूर्ण विवरण प्राप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी बस्ती पसेको भन्ने खबर छ, मानवीय क्षति भएको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर