धार्मिक पर्यटकीयस्थल सिद्धिडाँडामा विश्वको मान चित्रको स्तम्भ — OSNepal

धार्मिक पर्यटकीयस्थल सिद्धिडाँडामा विश्वको मान चित्रको स्तम्भ

LC (KTM) April 17, 2022 0

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ धार्मिक पर्यटकीयस्थल सिद्धिडाँडा मन्दिर क्षेत्रमा निर्माण गरेर राखेको विश्वको मान चित्रको स्तम्भ । तस्वीरः दिलकुमार लिम्बू÷रासस

‘कविताले नेतृत्व विकास गर्छ’
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित समता काव्य सन्ध्याको ३४७औँ शृङ्खलामा सहभागी वक्ताले कविताले नेतृत्व विकास गर्ने विश्वास व्यक्त गरेका छन् । कविताको अघोषित पाठशालाका रूपमा सञ्चालन गर्दै आइएको समता काव्य सन्ध्यामा वक्ताहरूले कविता लेखनसँगै वाचन गर्ने प्रक्रियाले व्यक्तिमा व्यक्तित्व विकाससँगै नेतृत्व विकास हुने बताएका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि डा ईश्वरमणि अधिकारीले आफू आजीवन कविताको विद्यार्थी रहने बताउँदै कवितामा नै समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कवि केशु शर्माले पचासको दशकमा आफूले समता काव्य सन्ध्यामा पहिलोपटक कविता वाचन गरेको अनुभव सुनाउँदै समतामा कविता वाचन गर्दागर्दै अहिले आफू विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिकामा रहेको बताउनुभयो ।

पोखरा युवा सांस्कृतिक परिवारले आफ्नो नेतृत्व विकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै उहाँले संस्थाको प्रशंसा गर्नुभयो । काव्य सन्ध्याको ३४७औँ शृङ्खलामा कविहरू त्रिवेणी, मनिषा पौडेल, माधव खतिवडा, अमृता पौडेल, कृष्ण सुवेदी, रोशन तिमिल्सिना, रामजीप्रसाद आचार्य, लिली अधिकारी, प्राञ्जल, शिव त्रिपाठी, प्रकाश ज्ञवालीलगायतले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परवारका अध्यक्ष मोती भुजेल, साहित्य संयोजक रीता अधिकारी ऋतु, सहसचिव शिव त्रिपाठीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर