जर्मन क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानलाई ज्यान मार्ने धम्की आएको छ । यसरी धम्की आउनुमा बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएका कारण रहेको अनुमान गरिएको छ । लिग बाट बाहिरिए पछि जुलियनलाई ज्यान मार्ने धम्की आएको हो ।
प्रशिक्षक जुलियनले इन्स्टाग्राममा आफुलाई ज्यान मार्ने धम्कीसहित ४ सय ५० सन्देश आएको बताएका छन् । बिहीबार राति स्पेनिस क्लब भिल्ला रियलसँग पराजित हुँदै बायर्न च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।