नक्कली अभिताभसँग सबै झुक्किएपछि... — OSNepal

नक्कली अभिताभसँग सबै झुक्किएपछि…

LC (KTM) June 10, 2021 0

हुन त यस धर्तीमा दुरुस्तै अनुहार मिल्ने मानिसहरु धेरै छन् । तर सेलिब्रेटीहरु संग अनुहार मिल्ने ब्यक्तिलाई भने छिटो चिनिने गरीएको छ । बलिउडमा यस्ता धेरै स्टारहरु छन् जस्को दुरुस्तै अन्य साधारण ब्यक्तिहरु संग अनुहार मिल्ने गरेको छ ।

सलमान खान, शाहरुख खान, ऐश्वर्या राय जस्ता सबै बलिउडका चर्चित कलाकारको अनुहार परेका धेरै ब्यक्तिहरु भेटिसकेका छन् । तर पछिल्लो समयमा बलिउडका महानायक अमिताभ बच्चन संग अनुहार मिल्ने एकजना ब्यक्ति सामाजिक सञ्जालमा भाईरल भएका छन् ।

कल्पना गर्नुहोस् त तपाईको फोनको घण्टि बज्छ अनि तपाईको सामु भिडियो कलमा अमिताभ बच्चन हुँदा कस्तो लाग्छ ? हो यस्तै भईरहेको छ अचेल भारतमा । अचेल बिग बि भिडीयो कलमा बिरामीको हौसला बढाउने काम गरिरहेका छन् अमिताभ जस्तै अनुहार भएका शशिकान्त पेडवाल ।

उनी सरकारी टेक्निकल इन्स्टिच्युटमा पढाइरहेका छन् । शशिकान्त अनुहारले मात्र दुरुस्त हैनन् उनले अमिताभ बच्चनको समेत दुरुस्तै आवाज निकाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर