काठमाडौ २ वैशाख । सत्तारुढ दल नेपादली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय उल्लघंन नगर्न निर्देशन दिएको छ ।
आज शुुक्रबार पार्टी कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले केन्द्रले गरेको निणर्य अनुसार निर्वाचनमा तालमेल गरेर जाने प्रक्रिया अगाडी बढाउन मातहतका संरचनालाई निर्देश दिएको हो ।
समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनको मर्म विपरीत जान नहुने भन्दै बैठकमा आफ्नो धारणा राखेका छन् ।
बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउनुका साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने समेत बैठकमा निणर्य भएको छ ।
साथै, आचासंहिताभित्र रहेर चुनावी प्रचार प्रसार गर्नुपर्ने विषयमा समेत बैठक छलफल भएको छ ।