काठमाडौं २ वैशाख । नेकपा एमालेका नुवाकोटका नेता माधवप्रसाद पाण्डेले पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।
पाण्डेलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएर स्वागत गरेका हुन् ।
पाण्डे सहित अध्यक्ष प्रचण्डले एक सय कार्यकर्ता लाई समेत पार्टीका स्वागत गरेका छन् ।
नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा रहेका पाण्डले बेलकोटगढी नगरपालिकाको मेयर पदमा दाबी गरेका थिए ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले यो सुखद क्षण भएको बताएका छन् ।