काठमाडौ २ वैशाख । लमजुङको घलेगाउँ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोधी घर बस्न मन लागेको बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा सहभागी हुन घलेगाउँ पुगेका ओलीले रोधीघर भएको भए आफु राते बस्ने इच्छा देखाएका हुन् ।
देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले बताएका उनले भने, ‘रोधीघर थियो भने मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो,सेलाएको भए पनि रोधी तताऊँ–तताऊँजस्तो लाग्यो । मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीतचाहिँ पक्कै गाउँथे ।]
कार्यक्रममालाई सम्बोधन गर्दै ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गनर्ब आफु प्रतिवद्ध रहेको पनि बताएका छन् ।
साथै, उनले उक्त कार्यक्रममा बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने समेत घोषणा गरेका छन् ।