काठमाडौ २ वैशाख । गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।
भेटवार्तामा आगामी स्थानीय तह निर्वाचनमा नेकपाको सहभागीताबारे छलफल भएको बताइएको छ । भेटमा आफु निर्वाचनमा जानको लागि सकारात्मक भएको प्रकाण्डले जनाएका छन् ।
साथै, निर्वाचनमा सहभागिताका साथै विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनु पर्ने माग समेत राखिएको बताइएको छ ।
सहमतिको अन्तिम चरणमा पुगेको वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएको छ । साथै, वार्तामा गृहमन्त्री खाँडले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको पनि जानकारी दिएका छन् ।