काठमाडौं २ वैशाख । ओकरिकी सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान नेपाल सरकारले लिने निणर्य गरेको छ ।
सरकारको मन्त्रिपरिषद्को बैठकले गरेका निणर्य सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । योसँगै मन्त्रिपरिषद्को बैठकले सात वटा निणर्य सार्वजनिक गरेका छन् ।
साथै ,विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५( मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब) बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार निणर्य समेत गरेको छ ।
सरकारले गरेका सात निणर्य यस्ता छन्;
१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब० बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने ।
२. संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम ९करिब ७९ अर्ब ७१ करोड० अनुदान सहायता रकम स्वीकार गर्ने ।
३. फुट कोट कर्णाली अर्ध–जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।
४. सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने ।
५. मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने ।
६. कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।
७. राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने ।