अमेरिकाले दिने ८० अर्बको अनुदान स्विकार गर्ने नेपाल सरकारको निणर्य — OSNepal

अमेरिकाले दिने ८० अर्बको अनुदान स्विकार गर्ने नेपाल सरकारको निणर्य

LC (KTM) April 15, 2022 0

काठमाडौ २ वैशाख । अमेरिकाले दिने करिब ८० अर्बको अनुदान नेपाल सरकारले लिने भएको छ ।

अमेरिकाको विकासको लागि सहयोग गर्ने निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपाल सरकारले स्विकार गर्ने भएको हो ।

सूचार तथा स१चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको गत चैत ३ गते बसेको मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै मेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

जुन ६ सय ५९ मिलिडन डलर बराबरको अनुदान सहायता हो । त्यसैगरी, सरकारले विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर