मन्त्री उमा रेग्मी वीर अस्पताल भर्ना — OSNepal

मन्त्री उमा रेग्मी वीर अस्पताल भर्ना

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी वीर अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मी अस्पताल भर्ना भएकी हुन् ।

सुत्ने क्रममा रेग्मीको टाउकोमा चोट लागेको थियो । चोट पछि उनलाई ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या आएको हो ।

टाउकोमा थप समस्या आएपछि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरीरहेकी रेग्मीलाई वीर अस्पताल लगिएको हो ।

उनको आफन्तले दिएको जानकारी अनुसार उनको टाउकोको बाहिरी भागमा रगत जमेकाले उपचारको प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर