एक पछि अर्को गर्दै ओली सडकमा पछारिँदै छन् : माधव नेपाल — OSNepal

एक पछि अर्को गर्दै ओली सडकमा पछारिँदै छन् : माधव नेपाल

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् ।

हिजो राती एक कार्यक्रममा अध्यक्ष नेपालले आफुहरुलाई अध्यक्ष केपी शर्मा ओलीले चैत २८ गत आफुहरु सबैलाई पार्टीबाट निकालेको भन्दै यस्तो बताएका हुन् ।

आफूले कसैको अपमान नगर्ने र कसैले आफूमाथि पनि अन्याय गर्न खोजे नसहने बताएका नेपाले ओली एक पछि अर्को गर्दै सडकमा पछारिँदै गएको बताएका छन् ।

उनले भने,‘मैले के गरें कि गरिनँ भन्ने कुरा त हेरे भैगयो नि, एकपछि अर्को पछारिएको पछारिएकै, सडकमा पछारिएको पछारिछएकै, तब न यो आक्रोश हो । म प्रतिको आक्रोश ।’

हामीले एमाले फुटाएको होईन, विद्रोह गरेको हो । मनपरी ढंगले संसद् विघटन गर्ने को ? त्यसो नगर भन्दा त्यसलाई अटेर गर्ने व्यक्ति को हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर