जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्नुपर्छ : प्रचण्ड — OSNepal

जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्नुपर्छ : प्रचण्ड

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

शुक्रबार आफ्नै निजी निवास खुमलटारमा पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

बैठकमा उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निणर्य समेत भएको बताएका छन् ।

पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो तय भएपनि कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबण्डामा सहमति भने भइनसकेको बैंठकमा प्रचण्डले बताएका छन् ।

यदि सत्ता गठवन्धनमा चुनावी तालमेल नभए आफ्नो पार्टीले एक्लै चुनाव लड्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर