काठमाडौ १ वैशाख । नेकपा एमालेका सांसद डा . भीम रावलले आफनो पार्टी नेतृत्वले गरेको निणर्य प्रति अशन्तुष्ट जनाएका छन् ।
ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो कसरी गर्न मिल्छ भन्दै प्रश्न गरेका उनले के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र भनेका छन् । बुधबार एमाले र राप्रपा नेपाल र परिवार दलबिच आगामी स्थानीय तह निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो ।
त्यही विषयलाई लिएर नेता रावलले एमालेको सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो भन्दै पार्टी नेतृत्वलाई नै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!’दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र उनको तर्क रहेको छ ।
‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?’ रावल भन्छन् , ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र रु दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!’