लुकाइछिपाइ भारत लैजान लागेको भारतीय रुपैयाँसहित ३२ वर्षीय कन्हैया विमानस्थलबाट समातिए — OSNepal

लुकाइछिपाइ भारत लैजान लागेको भारतीय रुपैयाँसहित ३२ वर्षीय कन्हैया विमानस्थलबाट समातिए

LC (KTM) April 13, 2022 0

काठमाडौँ- नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौँबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीसँग रु छ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर