काठमाडौं ३० चैत। नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा काठमाडौं र ललितपुरमा मेयरको दावी नगर्ने भएको छ । तर मेयर दावी नगरे पनि दुई महानगरमा उपमेयर भने नछाड्ने माओवादीले जनाएको छ ।
गएको निर्वाचनमा जुन दलले जहाँ जितेको छ त्यही पाउने भएपछि आफुहरुले काठमाडौंमा र ललितपुरमा मेयरको दावी नगरेको बताएका माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले उपमेयर भने आफुहरुले नछाड्ने बताएका छन् ।
२०७४ भन्दा हाम्रो पार्टी यसपटक धेरै नै सम्हालिएर आएको अवस्था भएकाले यस पटक राम्रो नतिजा आउने पनि बताएका छन् ।
माओवादी केन्द्र आमावी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि भरतपुरको मेयर भने पाइसकेको छ ।