छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर सक्छ, त्यसतर्फ सधैं नेपालीहरु चनाखो हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र — OSNepal

छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर सक्छ, त्यसतर्फ सधैं नेपालीहरु चनाखो हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

LC (KTM) April 13, 2022 0

काठमाडौं ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७९ को अवसरमा बिहिबार एक शुभकामना सन्देश जारी गरेका छन् ।

छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ सधैं नेपालीहरु चनाखो हुनुपर्ने बताएका पुर्व राजा ज्ञानेन्द्रले नयाँ वर्षको सबैलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ ।

अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको बताएका उनले महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको समेत सन्देशमा उल्लेख गरेका छन् ।

नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको छ सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर