सुनसरी ३० चैत । जनता समाजवादी पार्टीका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गरी एमाले प्रवेश गरेका उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्वागत गरेका छन् ।
इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमको लागि सुनसरी सदरमुकाम इनरुवा पुगेका ओलीले यादव सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्ताहरुलाई पनि स्वागत गरेका छन् ।