काठामाडौं ३० चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहभागी गराउने वातावरण बनाउने विषयमा छलफल गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो दलले भाग लिन पाउनु भन्दै भन्दै आएपछि उक्त विषयबारे औपचारिक छलफलमा सरकार जुटेको हो ।
आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भएपनि यस विषयमा कुनै निणर्य भने नभएको बुझिएको छ ।
विप्लवले चुनावमा भाग लिन वातावरण बनाइदिनुपर्ने भन्दै आएकाले यस विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको भएपनि कुने निणर्य भने नभएको बैठकमा सहभागी एक नेताले बताए ।