साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलले टीट्वान्टी क्रिकेटमा पहिलो जित निकाल्न सफल भएको छ ।
मुम्बईमा मंगलबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले बैंग्लोर लाई २ सय १७ रनको लक्ष्य दिएको थियो ।
जवाफि ब्याटिंगमा उत्रिएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि शाहबज अहमेदले ४१ रन जोड्दा सुयश प्रभुदेशाईले ३४ रन जोडे । दिनेश कार्तिकले ३४, ग्लेन म्याक्सवेलले २६ तथा अनुज रावतले १३ रन बनाए । मोहमद सिराज १४ रनमा अविजित रहे । बैंगलोरलाई रोक्न चेन्नईका महेश थिक्सनाले ४ तथा रविन्द्र जडेजाले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो ।चेन्नईका लागि शिबम दुबेले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै रोबिन उथप्पाले ८८ रनको अर्धशतकीय इनिङ खेल्दा रुतुराज गायकवाडले १७ रन बनाए ।
मोइन अली ३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा सुन्य रनमा पेभेलियन फर्किए ।बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा जोश हाजलउडले १ विकेट लिए ।चेन्नईले पाँचौं खेलमा पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो ।चेन्नईले ५ खेलमा २ अंक जोडेको छ ।बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।