लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न — OSNepal

लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न

LC (KTM) April 12, 2022 0

नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यमा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको दोश्रो राष्ट्रिय सम्मेलन किर्तिपुर, काठमाण्डौमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको उदघाटन शत्रमा नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले प्राकृतिक, दुर्घटना र द्धन्दप्रभावित अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आफ्नो पार्टी सम्बदेनशिल रहेको बताउनु भएको थियो ।

उहाले अपाङ्गता भएका व्यक्तिहरुले मुलुकको राजनैतिक परिवर्तनका लागि बिभिन्न कालखण्डमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमका विषेश अतिथि नेकपा एमालेका उपमहाचिव प्रदिप ज्ञवालीले अपाङ्गता भएकै कारण स्वयम व्यक्ति र परिवारले भोग्नु परेका चुनौतिहरुका बारेमा बताउनु भएको थियो । एक जना बौद्धिक अपाङ्गता भएकी छोरीको बुवा हुनुका नाताले आफुले त्यो भोगाइ अझ नजिकबाट नियालिरहेको कुरा व्यक्त गर्नु भएको थियो ।

उहाले नेपालको संविधान २०७२ मा अपाङ्गताका सवालहरु समावेश गराउन, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन लगायत अन्य कानूनहरु निर्माण गराउन पार्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउदै आगामी दिनमा पनि अपाङ्गताका सवालहरु समावेश गराउन पार्टी दृढ रहेको कुरा जानकारी गराउनु भएको थियो । पार्टीको १० औँ महाधिवेशनमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, प्रतिनिधि सभा र प्रदेश सभामा अपाङ्गता भएक व्यक्तिहरुको प्रतिनिधित्वका बारेमा संगठनका प्रतिनिधिहरुले पार्टीका उच्च तहसम्मका नेताहरुको बारेमा ध्यानकर्षण गराउनु भएको थियो भने आगामी दिनमा यस्ता कुराहरु सच्याउदै जाने कुरा वताउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिको पहुँच पहिलो शर्त भएको हुँदा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पि शर्मा ओलिको तर्फबाट प्रदान गरिएका ४०० थान सेतो छडी समेत उपमहासचिव ज्ञवालीले वितरण गर्नु भएको थियो । नेकपा एमाले केन्द्रिय संगठन विभागका इन्जार्ज भानुभक्त ढकालको अध्यक्षतामा भएको बन्दशत्रमा संगठनको राजनैतिक तथा सांगठनिक प्रतिवेदन महासचिव जगदिश प्रसाद अधिकारीले, आर्थिक प्रतिवेदन संगठनका कोषाध्यक्ष कृष्ण गौतमले केन्द्रिय लेखा आयोगको लेखा प्रतिवेदन लेखा आयोगका सदस्य प्रेम प्रसाद पराजुली, विधान मस्यौदा समितिका संयोजक डा लक्ष्मण प्रसाद ज्ञवालीले पेश गर्नुभएको संशोधित विधान छलफल पश्चात पारित गरेको छ ।

संशोधित विधानले संगठनको नाम राष्ट्रिय अपाङ्गता संगठन नेपाल राखेको छ भने २६ सदस्यीय स्थानीय कमिटी, ३५ सदस्यीय जिल्ला कमिटी, ४५ सदस्यीय प्रदेश कमिटीको संरचनाको परिकल्पना र ४९ सदस्यीय केन्द्रिय कमिटीको दायरा फराकिलो बनाउदै १७ सदस्यीय पदाधिकारी र ९९ सदस्यीय केन्द्रिय कमिटीको व्यवस्था गरेको छ ।

नवनिर्बाचित केन्द्रीय कमिटीका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता समावेशी संविधान बनाउन, बिभिन्न ऐन कानूनहरुमा अपाङ्गताका सवाल समावेश गराउन खेलेको भुमिकाको चर्चा गर्दै पार्टीका आन्तरिक संरचनाहरुलाई पनि अपाङ्गता समावेशी बनाउनु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपालको दोश्रो राष्ट्रिय सम्मेलनबाट अन्य केन्द्रिय पधादिकारी र सदस्यहरु चयन हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर