बुटवल २९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार एमालेको उपमहानगर कमिटीको बैठकले नगर प्रमुख पदका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य,गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई, सावित्रा अर्यालको नाम सिफारिस गरिएको छ ।
मेयरमा सिफारिस गरिएका मध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् भने, राना युवा, व्यवसायी र जनजाति समुदाय माझ लोकप्रिय नेता हुन् ।