नुवाकोट-नुवाकोटको विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत गरिएको छ । बोगटीलाई मेयरको उम्मेदवारका लागि नगरपालिका कमिटीको बैठकले सर्वसम्मत सिफारिस गरेको हो ।
माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी केही समय सक्रिय पत्रकारितामा जमेकी थिइन् । उनी पछिल्लो समय पार्टी संगठनमा केन्द्रित भएकी छन् ।
उनी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् । विदुरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।