काठमाडौं २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिएका छन् ।
आज सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले ओलीले देश श्रीलंका हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने भन्दै दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका हुन् ।
सम्मेलनमा अर्थमन्त्री शर्माले भने ,’विदेशी पानी खाएर हुर्किएर केही नागरिकको कुरा सुन्ने हो भने बृद्ध भत्ता पनि दिन नसक्ने ‘भन्न सकिन्छ ।,
तर, चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेकमा छौं, जुन लिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं ।’
ओलीको अभिव्यक्तिलाई लिएर शर्माले नेपाललाई किन श्रीलंका बनाउन किन चासो भइरहेको भन्दै यो राष्ट्रघात भएको बताएका छन् ।