काठमाडौं २८ चैत । नेपाली कांग्रेसका नेता शशांक कोइरालासँग निर्वाचन आगोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर जवाफ मागेको छ ।
एक कार्यक्रममा पुर्व महामन्त्री समेत रहेका कोइरालाले यस भन्दा अघि २०७४ सालको निर्वाचनमा ६ करोड भन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।
तर, आयोगमा पेश गरेको विवरणमा २१ लाख ७५ हजार मात्र उल्लेख गरिएको भन्दै आयोगले कोइरालासँग जवाफ मागेको हो ।
साथै ,आयोगले एकीकृत समाजवादी पार्टीलाई पनि तीन दिन भित्र आचार संहिता उल्लंघन भएको भनेर परेको उजुरीको धार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको छ ।