काठमाडौ २८ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा भीम रावलको गृह जिल्ला अछाममा एमालेलाई संकट पर्ने भएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठवन्धन दलहरुले आवश्यकता अनुसार निर्वाचनमा तोलमेल गरेर गठवन्धन गर्ने भन्दै आएका छन् ।
यसको असर प्रत्यक्ष एमालेलेलाई पर्ने देखिएको छ । यस भन्दा अघिको २०७४ सालको निर्वाचनमा १० वटा स्थानीय तह रहेको अछाममा एमालेले कुनै पनि तहमा बहुमतले जित हासिल गरेको थिएन । भने कांग्रेससँग कडा टक्कर परेको थियो ।
जसको असर अब हुने निर्वाचनमा देखिएको छ कारण कांग्रेस गठवन्धन गर्दै छ भने एमाले फुटेको छ । यस भन्दा अघिको निर्वाचनमा १० वटा स्थानीय तह अछाममा कमलबजारमा कांग्रेसले जित हासिल गरेको थियो ।
रामारोशन गाउँपालिकामा र मल्लेखमा भने माओवादीले जित हासिल गरेको थियो । पञ्चदेवलमा भने कांग्रेसले जित हासिल पारेको थियो । चौरपाटीमामा पनि एमालेका उम्मेदवार एक मतले विजयी भएका थिए । ढकारीमा , तुर्माखादमा कांग्रेसले जित हासिल गरेको थियो ।
त्यसैगरी, साफेबगरमा झिनो मतले एमालेले जित हासिल गरेको थियो । बान्नीगढी जयगड गाउँपालिकामा पनि कांग्रेसले जित हात पारेको थियो । मंगलसेनमा भने एमालेले केहि मतले जित हासिल पारेको थियो ।
यस अर्थमा एमाले फुटेको छ भने गठवन्धन मिल्ने भएको छ ।