काठमाडौं २८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्भनरले अर्थमन्त्रीलाई सहयोग नगरेकोले हटाइएको बताएका छन् । मुलुकमा आर्थिक सुधारको काममा लाग्नुपर्ने बेलामा अर्थमन्त्रीलाई असहयोग गर्दै जाँदा गर्भनरलाई हटाउनु परेको देउवाले बताएका छन् ।
सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकमा गर्भनर हटाइनुको कारण र त्यसले पार्ने प्रभावका विषयमा प्रश्न उठेप िछ देउवाले यस्तो जवाफ दिएका हुन् ।
‘अर्थमन्त्रीलाई गर्भनरले असहयोग गर्नुभयो, जे काममा पनि भाँजो मात्र हाल्न थाल्नुभयो त्यसपछि गर्भनर निलम्बन गरेर छानविन गर्नु परेको हो ।′ देउवाको भनाई उदधृत गदै बैठकमा सहभागी एक नेताले भने ।
यसको थप निणर्य सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीसकै नेतृत्वमा बनेको तीन सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा गर्ने देउवाले बताएका छन् ।