विवेकशील साझाका अध्यक्ष मिश्रको निणर्य विरुद्ध पार्टीका बहुमत सदस्यले निर्वाचनमा अर्को उमेदवार घोषणा गर्दै — OSNepal

विवेकशील साझाका अध्यक्ष मिश्रको निणर्य विरुद्ध पार्टीका बहुमत सदस्यले निर्वाचनमा अर्को उमेदवार घोषणा गर्दै

LC (KTM) April 11, 2022 0

काठमाडौं २८ चैत । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको निणर्य विरुद्ध पार्टीका बहुमत सदस्यले विरोध जनाएका छन् ।

अध्यक्ष मिश्रले आगामी निर्वाचनमा काठमाडौं महाननगपालिकाको मेयर र उपमेयरमा क्रमश समिक्षा बास्कोटा र कीर्ति तुलाधारलाई उम्मेदवार बनाउने घोषणा विरुद्ध पार्टीका बहुमत सदस्यले आगामी निर्वाचनमा अर्को उमेदवार घोषणाको तयारी गरेको छ ।

देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवारमा अघि सार्ने सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले निणर्य गरेको हो ।

रवीन्द्र मिश्र अहिले पार्टीमा अल्पमतमा परेको बताएका पार्टीका बहुमत अशन्तुष्ट सदस्यहरुले उनलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेकोले कानुनी अनि राजनैतिक रुपमा रवीन्द्र मिश्र अल्पमतमा परेको बताएका छन् ।

जम्मा १६३ केन्द्रीय सदस्य रहेकोमा ९६ जनाको सहमतिसहित कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसक्दा पनि निर्वाचन आयोगले प्रक्रिया अघि नबढाएको बेलामा लुपहोलको प्रयोग गर्दै रवीन्द्र मिश्रले पार्टी कब्जा गर्दै गरेको आरोप उनीहरुले लगाएका छन् ।

केन्द्रीय सदस्यहरुले रवीन्द्र मिश्रलाई बारम्बार बैठक बोलाएर कोरम पु¥याउन चुनौती दिँदै यो उमेदवारी रद्द गराइ अर्को उमेदवार घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर