कविता राय , काठमाडौँ । भरतपुर महानगरपालिकाकी उपमेयर तथा सत्तारुढ दल नेपाली कांग्रेसकी नेत्री पार्वती साह ठकुरी स्थानीय तहको निर्वाचनमा मेयरको दावेदारको रुपमा अगाडी देखिएकी छन् ।
विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा होमिँदै गर्दा पार्टीले आफुलाई उपमेयरको टिकट दिएर जनताको बहुमतले जित्न सफल भएको बताएकी उनले आफ्नो पाँच वर्षको अनुभव , सिकाई र अभ्यासका कारण पनि मेयरको आफु दावेदार भएको ओस नेपालसँगको कुराकानीमा बताइन् । धेरै चुनौती अप्ठ्याराहरुलाई सामना गर्दै यस ठाउँमा काम गर्दै जाँदा उपमेयरलाई तोकेर दिएको विषयमा शतप्रतिशत नतिजा ल्याएको उनले दावी गरेकी छन् ।
उपमेयर भएर गरेको आफ्नो पाँच वर्षको अनुभवले पनि आफु मेयरको दावेदार भन्दै उनले यदि आफुले मेयरको टिकट पाए बाँकी रहेका विकास निमार्णका काम जनतासँग सहकार्य गरेर अघि बढ्ने बताएकी छन् ।
आफ्नो पाँच वर्षे कार्यकालमा धेरै विकास निमार्णका कार्यहरु भएको बताएकी उनले ओस नेपाललाई भनिन् , ‘देशकै ६ वटा महानगरपालिका मध्ये एक महत्वपुर्ण महानगरपालिकाको रुपमा रहेको भरतपुरमा लगभग ७५ प्रतिशत सडक कालो पत्रे भइसकेको छ । आधुनिक कृषिलाई प्राथमिकता दिइएको छ । शिक्षालाई पहिलो प्राथमिकता दिएर लगानी गरिएको छ । स्वास्थ्यलाई पनि केन्द्रको विषयको रुपमा अगाडी ल्याइएको छ । आफ्नो योजना अनुसारको महानगर सम्पन्न हुन अझै २- ३ वर्ष लाग्छ । हामी आउँदा र आउनुभन्दा अगाडी महानगर कस्तो थियो भनेर जनता भन्न सक्छन् । ‘
आफ्नो महानगरमा बहुजाती, बुहभाषी, बहुसंस्कृति भएको बताउँदै उनले स्रर्य उदाएदेखि नअस्ताउन्जेली सम्मको दृश्य आफ्नो महानगरबाट हेर्न सकिने बताएकी छन् । स्वास्थ्य , शिक्षा, विकास निमार्णका कार्य , पर्यटन लगायतको विषयलाई उच्च प्राथमिकताको साथ हेरिएको बताएकी छन् ।
गठवन्धनको सरकारले आवश्यकता अनुसार निर्वाचनमा गठवन्धन गर्ने विषयमा पनि उनले केन्द्रको निणर्य आफुहरुले मान्नु पर्ने बताएकी छन् । अहिले मेयरमा माओवादी केन्द्रकी नेत्रृ रेणु दाहाल रहेकी छन् । अध्यक्ष प्रचण्डको गृहजिल्ला रहेको चितवनमा माओवादीले फेरि पनि मेयरमा रेणु दाहाललाई नै उठाउने रणनीति बनाइरहेका बेला काँग्रेसले भने के गर्ला भन्ने कुरा सबैको चासोको विषय बनेको देखिनछ ।
प्रचण्डको पार्टीसँग गठबन्धन गरेर देशभरका स्थानीय तहमा सहकार्य गरिरहँदा चितवनका काँग्रेसले भने आपत्तिन जनाइरहेका छन् ।
केन्द्रको निर्णय चितवनमा मान्य नहुने बताइरहेका चितवनका काँग्रेसी नेताहरुले आपत्ति जनाइरहँदा पार्वती र अन्य काँग्रेसका युवा नेताहरु ओझेलमा पर्ने त हैनन भन्ने आशंका पैदा भएको काँग्रेसीहरुबिच गाईगुई सुरु भएको बेला पार्वतीले भने अघिल्लो पटक आँफुले मेयरको पद संहालेको माओवादीले यस पटक भने कांग्रेसलाई छाड्नु पर्ने तर्क अघि सारेकी छिन् ।
उपमेयर साहले भने आफु गठवन्धनको पक्षमा रहेकाले केन्द्रबाट आफ्नो सिकाई , अभ्यास र पाँच वर्षको काम हेरेर जिम्मेवारी दिनुपर्ने बताएकी छन् । गठबन्धनका बलमा अडिएको सरकारका प्रमुख शेर बहादुर देउवा र काँग्रेसका बरिष्ठ नेताहरुलाई आँफुहरुले पटक पटक यस विषयमा सोच्न समेत आग्रह गरेको मेयर शाहले बताइन् ।