काठमाडौं २८ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन आज दलको शिर्ष नेताहरुले अपिल जारी गर्ने भएका छन् ।
निर्वाचनको विषयमा गठवन्धनबिच नै एकता नभएको सन्देश राजनीति क्षेत्रमा आइरहँदा त्यसको खण्डन गर्दै निर्वाचनमा गठवन्धन एकतावद्ध रहेको सन्देश दिन आज अपिल जारी गरिने भएको हो ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो । बैठकमा सहभागी एक नेताले जनाएका छन् ।
साथै, बैठकमा गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा समेत छलफल भइरहेको बताइएको छ ।