पौडेलको आरोप : अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरे — OSNepal

पौडेलको आरोप : अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरे

LC (KTM) April 10, 2022 0

काठमाडौं २७ चेत । नेकपा एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको गभर्नरलाई सचिव र सहसचिव झैं चलाउन खाजेको आरोप लगाएका छन् ।

एमालेले अहिलेको गभर्नर र अर्थतन्त्रका बारेमा आफ्नो धारण राख्न आइतबार ललितपुरस्थित हिमालय होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व अर्थमन्त्री समेत रहेका पौडलले अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तबक्षेप गरियो’ उनले भने ।

रकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न रोक लगाएको कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको सम्मलनमा नेता पौडेलले बताएका छन् ।

गर्भनर महाप्रसाद अधिकारी माथि गरेको निणर्य सच्याउन आग्रह गरेका पौडलले सरकारले यो निर्णयमा परिवर्तन नगरे मुलुकको अर्थतन्त्र थप धरासायी हुने दावी समेत गरेका छन् ।

‘जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो व्यक्ति महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापिन गर्ने प्रयासमाथिको हस्तक्षेप हो ।’ पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर