काठमाडौं २७ चैत । नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान गठवन्धन सरकार बनेसँगै वित्त प्रणाली अन्योलता सृजना भएको बताएका छन् ।
आइतबार ललितपुरस्थित हिमालय होटलमा गर्भनर र अर्थतन्त्रका विषयमा आफ्नो धारणा राख्दै नेता पौडेलले नेपालको इतिहासमा पहिलो पटक वजेट विहिन अवस्थामा पुर्याउँन अहिलेको सरकार तयार रहेको बताएका छन् ।
उनले भने,‘अहिलेको जुन तरिकाले आर्थिक घाटा बढेको छ जसले आगामी दिनमा ठुलो आर्थिक संकट आउँने देखिन्छ ।’