काठमाडौं २७ चैत । आगामी निर्वाचनको लागि नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको महानगर कमिटीको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विराटनगर महानगरपालिकाको मेयरको लागि पाँच जनाको नाम सिफारिस गर्ने निणर्य गरेको हो ।
जसमा एमाले विराटनगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, पशुराम बस्नेत, जिल्ला उपाध्यक्ष बावुराम कार्की र महेश भट्टराईको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, उपप्रमुखमा शिल्पा कार्की,बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय ९शिला०को नाम सिफारिसमा परेको छ ।
पूर्वमन्त्री लालबावु पण्डितको नाम भने मेयरको नाम सिफारिस गरिएको छैन ।