दीपीकाका पति रणवीरसँग क्याट्रिना पछि लागेपछि — OSNepal

दीपीकाका पति रणवीरसँग क्याट्रिना पछि लागेपछि

LC (KTM) June 09, 2021 0

काठमाडौँ । भारतीय चर्चित नायिका कटरीना कैफले बलिउड ह्याण्डसम अभिनेता रणवीर सिंहसँग पहिलो पटक चलचित्रमा काम गर्ने भएकी छिन् ।

रणवीरले फिल्म ‘रामलीला’बाट सफलताको सिढी चढेसँगै उनी नयाँ पुस्ताको सफल अभिनेताको नाम पाइराखेका बेला यि दुई स्टार कलाकारले पहिलो पटक एकसाथ काम गर्ने अवसर पाएका हुन् । यि दुई हालसम्म कुनै पनि फिल्ममा सँगै रोमान्स गरेका छैनन् । बलिउडकै सबैभन्दा स्टाइलिस अभिनेत्री क्याट्रिनासँग काम गर्न पाउँदा रणवीर पनि फुरुगं छन् ।

हरेक फिल्ममा दर्शकका लागि केही नयाँ कुरा दिन तत्पर क्याट्रिना र रणवीरको यो जोडीलाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ । जसको निर्देशन निर्देशक जोया अख्तरले गर्दैछन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको भएता पनि जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् ।

जोयाले कटरीनालाई आफ्नो फिल्मको स्क्रिप्ट सुनाउदा कटरीनाले काम गर्ने सहमति जनाएसँगै यि दुई कलाकारका फ्यानका लागि खुशीको कुरा बाहिर ल्याइएको हो । अहिले सोही फिल्मको स्क्रिप्टको काम तिब्र गतिमा भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर