लकडाउनमा कलाकार ‘इकु’ को घरमा पुग्दा इकुको १४ जना छोराछोरीले घेरे, देखियो यस्तो माहोल, हेर्नुहोस् भिडियो — OSNepal

लकडाउनमा कलाकार ‘इकु’ को घरमा पुग्दा इकुको १४ जना छोराछोरीले घेरे, देखियो यस्तो माहोल, हेर्नुहोस् भिडियो

LC (KTM) June 09, 2021 0

शिशिर भण्डारी इन्टरटेनमेन्टको अर्को भिडियोमा शिशिर भण्डारी र उनको श्रीमती इकुको आश्रममा पुगेका छन् । मुलपानीको आश्रममा पुग्दा शिशिर र उनको श्रीमतीले त्यहा रहेका १४ जना बालबालिकाहरुका लागि खाद्यान्न लिएर पुगे । कलाकार सुलेमान शंकर इकु बिगत लामो समयदेखि १४ जना नानी बाबुहरुलाई आश्रय दिएर बसेका छन् । उनले परिवार बिहिन बालबालिकाहरुको जिम्मा लिदै आफ्नो कलाकारिता र अन्य सहयोगीहरुको साथले हुर्काउँदै र बढाउँदै आएका हुन् । इकुको आश्रममा पुग्दा यतिबेला लकडाउनका कारणले आफुलाई नानी बाबुहरुलाई खुवाउन गाह्रो परिरहेको इकुले बताए ।

शिशिर भण्डारीसँगको कुराकानीमा इकुले आफुलाई लकडाउनको समयमा ऋण लाग्ने गरेको बताए । वरीपरीको घरमा कोरोना सँक्रमण बढेसंगै नानी बाबुहरुको स्वस्थयलाई लिएर चिनितत रहेका इकुले स्नेह आश्रमका लागि एउटा सानो घर बनाउने सपना पनि बुनेका छन् । त्यसका लागि सबैको साथको खाँचो उनलाई छ । शिशिरकी श्रीमतीले आफु इकुको फ्यान रहेको बताईन् र उनको फिल्म इकु हेर्दाको अनुभव साटिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर