नेपाली क्रिकेटरहरुलाई खुशीको खबर , एउटा खेल खेलेबापत १० हजार र टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेबापत ५ हजार रुपैयाँ दिने क्यानको निर्णय — OSNepal

नेपाली क्रिकेटरहरुलाई खुशीको खबर , एउटा खेल खेलेबापत १० हजार र टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेबापत ५ हजार रुपैयाँ दिने क्यानको निर्णय

LC (KTM) June 09, 2021 0

नेपाली क्रिकेटरहरुलाई खुशीको खबर आएको छ । नेपाल क्रिकेट संघ क्यानले पुरुष राष्ट्रिय टोलीका सदस्यलाई एउटा खेल खेलेबापत १० हजार र टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेबापत ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । यो निर्णय संगै क्रिकेट खेलाडीहरु खुशी भएका छन् ।

क्यान बोर्डले नयाँ आर्थिक कार्यविधि पारित गरेपछि मात्र नेपाली टोलीका सदस्यले अब उक्त परिमाणको म्याच फि पाउने छन् । यसअघि एकदिवशीय र टीट्वेन्टी अन्तर्राष्ट्रिय दुवैमा नेपाली टोलीका सदस्यले प्रतिखेल पाँच हजार रुपैयाँ ‘म्याच फि’ दिने गरेको थियो।

क्यानले खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्दै मासिक भत्तासमेत दिँदै आएको छ। यति मात्र हैन नयाँ आर्थिक कार्यविधिअनुसार राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीले समेत प्रति खेल ‘म्याच फि’ पाउने छन्। एकदिवशीयका हकमा पुरुषतर्फ २५ सय र महिलातर्फ २ हजार तथा टीट्वेन्टीका हकमा पुरुषतर्फ २ हजार र महिलातर्फ १५ सय रुपैयाँ पाउने क्यानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर