काठमाडौ २६ चैत । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एक पार्टीबाट अर्को पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ । त्यसैगरी आज नेकपा माओवादी केन्द्रकी रुपन्देही जिल्लाकी कमिटी सदस्य मञ्जु भुसाल सहितका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्दै भुसालले माओवादी केन्द्रले उपमेयर दिने वाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफु एमाले प्रवेश गरेको बताएकी छन् ।
भुसालसहित २५० जना माओवादीका नेता कार्यकर्तालाई एमालेका सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने लगायतले पार्टींमा स्वागत गरेका हुन् ।
जिल्ला सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपु, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मुुमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेल लगायत एमाले प्रवेश गरेका हुन् ।
माओवादीको बुटवल नगर कमिटीको नेतृत्व आफुलाई नसमेटिएपछि नेत्री भुसाल एमाले प्रवेश गरेकी हुन् ।