काठमाडौ २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णय निर्लज्जता रहेको टिप्पणी गरेका छन् ।
गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको बताएका उनले एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरेका हुन् ।
शनिबार आयोजित एक कार्यक्रममा सहभागी भएका उनले भने,‘राष्ट्रबैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।’
अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थशास्त्री, अर्थविद राष्ट्रबैंक भित्रै डेपुटी गभर्नरलाई निस्कासित गरिएको भन्दै ओली आक्रोशित भएका हुन् ।
माओवादी केन्द्रको छाँया रहेको बताएका उनले भने ‘माओवादीले नियसक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनायो ।’