राप्रपाका थापाले एमालेको सूर्य चिन्ह आगामी चुनावमा दुई दलको साझा चिन्ह हुनसक्ने भनेपछि रावलले दिए यस्तो अभिव्यक्ति — OSNepal

राप्रपाका थापाले एमालेको सूर्य चिन्ह आगामी चुनावमा दुई दलको साझा चिन्ह हुनसक्ने भनेपछि रावलले दिए यस्तो अभिव्यक्ति

LC (KTM) April 09, 2022 0

काठमाडौं २६ चैत । नेकपा एमालेका सांसद डा. भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर जान सक्ने अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् ।

शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले एमालेको सूर्य चिन्ह लिएर आगामी निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका थिए ।

उक्त अभिव्यक्ति प्रति आपत्ती जनाएका नेता रावलले प्रश्न .गरेका छन् , ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्।उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त?’

छेपारो राजनीतिको करामतरु यही हो भन्दै प्रश्न गरेका रावलले समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो भन्दै अर्को प्रश्न गरेका छन् ।
आगामी वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्।उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त? धन्य हो! छेपारो राजनीतिको करामतरु समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर