नेपालको अग्र्यानिक कमेडि शो मानिएको मुन्द्रेको कमेडी क्लब चल्ने हो कि हैन अन्यौल रहेका बेला अब टुंगो लाग्ने भएको छ । सुरुवातमा दीपाश्री निरौलालाई उनको शो मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा राखिएको थियो । पछि उनले दीपाश्रीलाई हटाएका थिए । तर पछि बिस्तारै जितु नेपाललाई सबैले एक्ल्याउँदै गए ।
उनलाई उमेश राई फुलन्देकि आमा, राजेन्द्र नेपाली लट्टे लगायतले साथ छोडेर गए । सबैले साथ छोडेर गएपछि शो नै बन्द गर्नु परेको थियो । दीपाश्रीलाई निकाले लगत्तै जितु छक्का पन्जा टिमबाट अलग हुनु परेको थियो । सबैतिर बाट एक्लिएका जितुलाई दिनेश डिसीले साथ दिएका छन् । डिसीको निर्देशनमा मुन्द्रेको कमेडी क्लब पुनः सञ्चालनमा आउने तयारीमा रहेको छ ।
त्यस्तै उनलाई हाँस्य कलाकार दमन रुपाखेतीले अन्त्यमा साथ दिएका छन् । यी दुईको जोडी सहकार्य अब हेर्न पाइएको छ । दुबै जना लामो समयअघि सिरियल र चलचित्रमा संगै देखिएका थिए । यो जोडीलाई मन पराइएको थियो । तर कारणवस केही वर्ष यता यी दुई पनि अलग्गिएका थिए । यस्तोमा सबैले साथ छोड्दा दमन दरिलो हात बनेर साथ दिन आएका छन् ।