निर्वाचन आचारसंहिता लागु , के-के गर्न पाउने? के - के नपाउने ? — OSNepal

निर्वाचन आचारसंहिता लागु , के-के गर्न पाउने? के – के नपाउने ?

LC (KTM) April 08, 2022 0

काठमाडौं २५ चैत । निर्वाचन आयोगले निर्वाचन लक्षित आचारसंहिता आज राति १२ बजेबाट लागु हुने गरी जारी गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी सबै दलहरुलाई एकिकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो ।

आगामी वैशाख ३० गते देशैभर हुने स्थानीत तह निर्वाचनको लागि आयोगले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै आज चैत २५ गतेबाट लागु हुने निर्वाचन आचारसंहिता लागु गरेको हो ।

आयोगले कसैको पक्ष विपक्षमा उम्मेदवारले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाइने बताएको छ ।

दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र आफ्नो प्रचार गर्न पाउने जारी आचारसंहितामा उल्लेख गरिएको छ । साथै ,झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न,गम्छा, माक्स, लकेट वा अन्य कुनै किसिमको पहिरन वितरण गर्नसमेत आयोगले रोक लगाएको छ ।

साथै, राजनीतिक दलहरूबाट हुने सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा राखिएका दलका झण्डा, चिह्न समेत रोक लगाएको छ ।

निर्वाचनमा सहभागी दलका भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने साथै कुनै पनि सभामा सहभागीले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो जस्ता प्रचारका सामग्री बोक् आयोगले रोक लगाएको छ ।

आयोगले जारी गरेको आचारसंहिता उल्लघंन गरे प्रकृति हेरी कारवाही समेत गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर