काठमाडौं २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन् ।
शुक्रबार काठमाडौंको टुडिखेलमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
मुलुक एतिहासकै कठिन मोडमा चलिरहेको बताएका उनले सम्बोधनका क्रममा भने, ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ, ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’
यो देश काँग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको आरोप लागएका लिङदेनले २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको बताएका छन् ।