नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले करणी गरेपछि बच्चा जन्मिएको बताएकी छन् ।
आफ्नो दाइ विरुद्ध यस्तो कर्तुत गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घ’टना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक करणी गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई करणी गरेको उनले पु’लिसमा बयान दिएकी छन् ।