खेतमा धानको बीउ राखेर घर फर्कँदै गरेका कुलबहादुरको जम्मा भएको पानीमा डुब्दा मृ त्यु — OSNepal

खेतमा धानको बीउ राखेर घर फर्कँदै गरेका कुलबहादुरको जम्मा भएको पानीमा डुब्दा मृ त्यु

LC (KTM) June 09, 2021 0

अर्घाखाँची, २६ जेठ – सन्धिखर्कमा बागी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृ त्यु भएको बताइएको छ ।

लाङ्टाङमा गुम्बा निर्माण:- जिल्लाको लाङटाङ गाउँमा नयाँ बौद्ध गुम्बा निर्माण गरिएको छ । गोर्खा भूकम्पले क्षति पुरयाएको करिव तीन सय वर्ष पुरानो सो गुम्वा स्थानीय सरकारको अनुदानबाट पुननिर्माण गरिएको हो । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा गुम्बा छ ।

गोर्खा भूकम्पले भूकम्पसँगै हिमालबाट झरेको हिमपहिराले लाङ्टाङ गाउँबस्तीका साथै गुम्बासमेत पूर्णरूपमा क्षति पु–याएपछि सुरक्षित स्थानको छनोट गरी रू ५६ लाखका लागतमा नयाँ गुम्बा निर्माण गरिएको गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुब्बा तामाङले बताउनुभयो । कोरोनाबाट सजगता अपनाउँदै गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ ले चालू आर्थिक वर्षको कार्ययोजनानुरूप विकासका सबै काम निर्वाध रूपले अगाडि बढारहेको छ । दोश्रो चरणको कोरोना सङ्क्रमण शुरू हुनु अगावै लाङ्टाङ भित्र्याइएका करीब तीन सय कामदारको सहायताले विकास निर्माणका काम अगाडि बढेको छ ।

चालू आर्थिक वर्षको कार्यतालिकाबमोजिम लाङ्टाङ गाउँको बस्ती संरक्षणका लागि एक सय ५५ मिटर लम्वाइको ग्याविन पर्खाल लगाउनाका साथै मुण्डू गाउँ र नयाँ गुम्वाको हातामा सामुदायिक भवन एवं सार्वजनिक शौचालय समेतका निर्माण सम्पन्न गरिसकिएको वडाध्यक्ष तामाङले बताउनुभयो । समग्र विकासनिर्माण सम्पन्न गर्न रू एक करोड ५२ लाख खर्च भएको जनाइएको छ । यसैगरि लाङ्टाङ क्षेत्रको चेन्दोलसम्म सडक निर्माण गर्ने लक्षअनुरूप वृद्विमको खाम्जिङ डाँडादेखि शेर्पागाउँसम्म करीब छ किमी सडकको ट्रयाक खोल्ने कामसमेत सम्पन्न भएको छ । विकासनिर्माणमा खर्च भएका रकममध्ये स्थानीय सरकारको रू ९४ लाख, प्रदेशसभा सदस्य प्रभात लामामार्फत रू २० लाख र प्रदेश सरकारको रू ३८ लाख खर्च भएको बताइएको छ।

भूकम्पका समयमा हिमपहिराका कारण गाउँबस्ती नै पुरिएर बगर बनेको स्थान छाडेर हाल पहिरोस्थलको केही पर स्थानीय बासिन्दाले पुनर्बासको आवास निर्माण गरिसकेको छन् । भूकम्प धक्काले छ हजार दुई सय मिटर माथिको पेप्से हिमताल फुट्दा आएको पहिराले १७५ स्थानीयबासीका साथै केही पर्यटक तथा पथ प्रदर्शकसमेतको निधन भएको थियो । लाङ्टाङमा रहेका कामदार सरकारी विकासनिर्माणको कार्य सम्पन्न गरी स्थानीय बासिन्दाको आवास निर्माणमा जुटिरहेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर