काठमाडौँ २५ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकार प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासको लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
आज शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । मुलुकलाई आत्मनिर्भर बनाउन सबै एक भएर लाग्नु पर्ने बताएका उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहना पुरा गर्न सबै क्षेत्र र सवै पक्षको सहकार्य आवश्यक भएको उनले बताएका छन् ।