काडमाडौ २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीयत तह निर्वाचन सर्छ भनेर हल्ला गर्नु विल्कुलै गलत भएको बताएका छन् ।
शुक्रबार बसेको सत्ता गठवन्धनको बैठक पछि अध्यक्ष प्रचण्डले सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा नभएको भन्दै यो हल्ला मात्र भएको बताएका हुन् ।
निर्वाचन सम्बन्धि आचार संहिता लागु गर्ने तयारी गरिरहेको निर्वाचन आयोगले आज साँझ नै आचारसंहिता लागु गर्ने भएको छ ।
मतपत्र पनि छापिसकेको यो अवस्थामा निर्वाचना सर्नु भनेर हल्ला गर्नु गलत भएको प्रचण्डले बताएका छन् ।