काठमाडौ २५ चैत । नेपाली कांग्रेसले बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ । हिजो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने निणर्य गरेको थियो ।
सरकारको उक्त निर्णयलाई कांग्रेसले स्वागत गरेको हो । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत ‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै उनले भनेका छन् , ‘श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा र नौ अर्ब बाँडेर खाएको आरोप फिर्ता लिन श्रदेय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं र बुढी गण्डकी बनाउन जुटौं ।’
महामन्त्री थापाले मुआब्जा टुगाएर सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाई गर्न नहुनेमा उनले जोड दिएका छन् ।
डिजेल र पट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ र पछि १० रुपैंया गरेर बुढी गण्डकीका लागि अबौं रकम जनताबाट उठिसकेको पनि पनि उनले बताएका छन् ।