सामुदायिक वनमा भरुवा बन्दुकसहित डम्बरबहादुर मृ त फेला — OSNepal

सामुदायिक वनमा भरुवा बन्दुकसहित डम्बरबहादुर मृ त फेला

LC (KTM) June 09, 2021 0

बझाङ- बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ एक जना मृ त फेला परेका छन् । खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीया डम्बरबहादुर खत्री यही जेठ २४ गते जङ्गल गएको र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृ तावस्थामा फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ । मृ त खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर